एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा कृष्णप्रसाद जैसी सर्वसम्मत चयन

भक्तपुर न्यूज

२४ असोज २०८० ९:४२

एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा कृष्णप्रसाद जैसी सर्वसम्मत चयन

काठमाडौं । नेकपा एमालेले अन्ततः सर्वसम्मत रुपमा सुदूरपश्चिम प्रदेश कमिटी चयन गरेको छ। एमालेका स्थायी कमिटी सदस्य, केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्मा, केन्द्रीय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टलगायतका नेताको उपस्थितिमा मंगलबार रातिसम्म भएको छलफलपछि कृष्णप्रसाद जैसीको नेतृत्वमा सवै पदाधिकारी सर्वसम्मत चयन गरिएको हो।

एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाका अनुसार सहमति मै नेतृत्व चयन हुँदा पार्टीपंक्तिमा मतभेद नरहने र आगामी दिनमा सुदूरपश्चिम प्रदेशलाई बलियो बनाउन सहयोग पुग्नेछ।

प्रकाशित मितिः २०८० असोज २४ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय