चलचित्र ‘परदेशी २’ असोज २६ गतेबाट देशभर प्रदर्शनमा आउने

भक्तपुर न्यूज

२३ असोज २०८० ११:१०

चलचित्र ‘परदेशी २’ असोज २६ गतेबाट देशभर प्रदर्शनमा आउने

काठमाडौं । चलचित्र परदेशी २ यही असोज २६ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै असोज २६ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्रको बारेमा जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा बोल्नुहुँदै अभिनेत्री वर्षा शिवाकोटीले चलचित्र परदेशी २ को प्रदर्शन मिति नजिकिँदै गर्दा नर्भस भएको बताए । उनले चलचित्रलाई धेरै दर्शकले रुचाउने आशा गरेको पनि जानकारी दिए ।

अभिनेत्री शिवाकोटीले चलचित्रले यो दसैँ झनै विशेष बनाउने बताउनुभयो । यस्तै, अभिनेता एवम् गायक प्रकाश सपुतले चलचित्रमा आफू नयाँ भएको र चलचित्रको मिति सर्दा धेरै डर लागेको बताए । उनले नेपालगञ्ज, चितवन, बुटवल र पोखरा लगायतका स्थानमा प्रचारप्रसार गरेको बताए । उनले चलचित्र आफ्नो गाउँ वाग्लुङमा प्रिमियर गरेको बताए ।

बडा दसैँको छेको पारेर असोज २६ गतेबाट प्रदर्शनमा आउने ‘परदेशी २’ मा प्रकाश, वर्षासँगै केकी अधिकारी, प्रशान्त तामाङ, दिलिप रायमाझी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको समेत अभिनय छ । रमेश बिजीले कथा एवम् पटकथा लेखन रहेको चलचित्रले अध्ययनका लागि विदेशिने युवा र सन्तान विदेसिँदा बुढेसकाल लागेका आमाबुबाले भोग्ने पीडालाई प्रस्तुत गर्छ । राजेश वंशल र निर्देशक नारायण रायमाझीले संयुक्त रुपमा चलचित्रको निर्माण गरेका हुन् । आठ वर्ष अगाडि प्रदर्शनमा आएको यसको अघिल्लो श्रृङ्खला ‘परदेशी’ ले बक्स अफिसमा सुपरहिटको व्यापार गरेको थियो । ‘परदेशी २’ प्रति पनि चलचित्रकर्मी एवं दर्शकले ठूलो आशा राखेका छन् ।

प्रकाशित मितिः २०८० असोज २३ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय