आज १ सयले घट्यो सुन
काठमाडौं, १९ असार । सुनको मूल्य आज तोलामा १ सय रुपैयाँले घटेको छ । हिजो प्रतितोला ५४ हजार १ सय रुपैयाँ रहेको सुन आज १ सय रुपैयाँले घटेर ५४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार आज चाँदीको मूल्य स्थिर रहेको छ । हिजो ७ सय ४५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज पनि ७ सय ४५ मा कारोबार भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
