१९५ विद्यार्थीको उत्तरपुस्तिका हरायो
काठमाडौं, १९ असार । त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहमा अध्ययन गर्ने १९५ विद्यार्थीको उत्तरपुस्तिका हराएको छ । त्रिविको आंगिक पब्लिक युथ क्याम्पसका एमबिएस प्रथम वर्षका विद्यार्थीको उत्तरपुस्तिका हराएको हो । पुसमा परीक्षा दिएका १९५ विद्यार्थीको उत्तरपुस्तिका नभेटिएपछि त्रिवि परीक्षा नियन्त्रण कार्यालयले अनुपस्थित भनेर अरु विद्यार्थीको नतिजा सार्वजनिक गरेको छ ।
उत्तरपुस्तिका नै नभेटिएपछि पनिकाले पुनः परीक्षाको वातावरण बनाउन खोजे पनि विद्यार्थीले भने त्यसको विरोध गरेका छन् ।
त्रिविका नवनियुक्त परीक्षा नियन्त्रक पुष्पराज जोशीले १९५ विद्यार्थीको उत्तरपुस्तिका नभेटिएको र कसको गल्ती हो भन्ने खोजतलास भइरहेको बताए । व्यवस्थापन संकायअन्तर्गतको स्नातक प्रथम वर्षको ५० पूर्णांकको एकाउन्टिङ विषयको उत्तरपुस्तिका नभेटिएको हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
८ वैशाख २०८२ १४:०८
राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुला
९ वैशाख २०८२ १३:२२
कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने निर्णय
८ वैशाख २०८२ १४:२४
सर्वोच्च धर्मगुरु पोप फ्रान्सिसको ८८ वर्षमा निधन
९ वैशाख २०८२ १७:१०