२०८४ को निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने उपाध्यक्ष पोखरेलको दाबी

भक्तपुर न्यूज

८ असोज २०८० १०:२४

२०८४ को निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने उपाध्यक्ष पोखरेलको दाबी

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले २०८४ को निर्वाचनमा एमालेले एक्लै बहुमत ल्याउने दाबी गरेका छन् । बागमती प्रदेश अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले एमालेले एक्लै बहुमत ल्याएर मुलुकको नेतृत्व गर्न चाहेको बताए ।

उनले भने, ‘हाम्रो यो लक्ष्यलाई पूरा गर्नका लागि हाम्रो कतिपय आन्तरिक कुराहरुलाई मिलाउनुपर्ने जरुरत छ । हाम्रो विचारमा देखिएका समस्यामा हामी ठीक ढंगले अगाडि बढ्न सकेनौं भने हाम्रो संगठनात्मक क्षेत्रमा देखिएको बेथिति मिलाउन सकेनौं भने हाम्रो लक्ष्य पूरा गर्न सक्दनौं ।’

एमाले बलियो नभए अहिले बढेको सामाजिक अराजतकता अन्त्य गर्न नसकिने सुनाए । उनले अहिले सरकार सरकार नभएर देशलाई बर्बाद पार्ने अपराधिक गिरोह भएको आरोप लगाए ।

प्रकाशित मितिः २०८० असोज ०८ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय