आज २ सयले घट्यो सुन
काठमाडौं, १८ असार । सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला ५४ हजार ३ सय रुपैयाँ रहेको सुन आज २ सय रुपैयाँले घटेर ५४ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार आज चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार ७ सय ४५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज पनि ७ सय ४५ मा कारोबार भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
