सात उपमहानगरको अग्रताः एमाले ५, कांग्रेस १, राप्रपा १
काठमाडौं, १८ असार । दोस्रो चरणको चुनाव सम्पन्न भएका स्थानीय तहका ७ उपमहानगरपालिका मध्ये ५ वटामा एमालेले अग्रता लिएको छ। नेपाली कांग्रेस र राप्रपाले एउटारएउटा उपमहानगरपालिकामा अग्रता लिएको छ ।
पछिल्लो मतगणना परिणाम अनुसार एमालेले धरान, इटहरी, बुटवल, तुलसीपुर र घोराही उपमहानगरपालिकामा अग्रता लिएको छ । नेपाली कांग्रेसले धनगढी उपमहानगरपालिकामा अग्रता लिएको छ भने राप्रपाले नेपालगञ्ज उपमहानगरपालिकामा अग्रता लिइरहेको छ ।
नेपाली कांग्रेसले सुरूमा धरान र इटहरी उपमहानगरपालिमामा समेत अग्रता लिएको थियो । तर, ती दुबै उपमहानगरमा आइतबार बिहानदेखि एमालेले कांग्रेसलाई पछि पार्दै अगाडि बढेको हो। यस्तै सुदूरपश्चिमको धनगढीमा कांग्रेसले सुरूदेखि लिएको अग्रता कायमै राखेको छ। यता दाङका दुबै तुलसीपुर र घोराही उपमहानगरपालिकामा एमालेले फराकिलो अन्तरमा अग्रता बढाउँदै लगेको छ।