यति र महालक्ष्मी गाभिएपछिको एकिकृत कारोबार सुरु
काठमाडौं १८ असार । यति डेभलपमेन्ट बैंक र महालक्ष्मी बिकास बैंक गाभिएपछिको एकिकृत कारोबार आइतवारबाट सुरु भएको छ ।
यो सँगै नयाँ संस्था महालक्ष्मी बिकास बैंककै नामबाट सञ्चालनमा आउने भएको छ । मर्जरपछि बैंकको चुक्ता पुँजी २ अर्ब ६२ करोड चुक्ता पुँजी पुगेको छ । मर्जर अघि यतिको चुक्ता पुँजी १ अर्ब ३८ करोड र महालक्ष्मीको १ अर्ब १५ करोड रहेको थियो । यी दुई संस्थाले १ः१ अनुपातमा सेयर स्वाप रेसियो कायम गरेर मर्जर गरेका हुन् ।
मर्जरपछि बैंकको निक्षेप २४ अर्ब २१ करोड र कर्जा २० अर्ब २६ करोड पुगेको छ । बैंकको शाखा संख्या ६५ पुगेको छ । चालु आवको चैतमा यतिको नाफा २१ करोड ७१ लाख र महालक्ष्मीको २२ करोड ४ लाख रहेको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ जेठ २०८२ ९:१२
ट्रम्प प्रशासनविरुद्ध हार्वर्ड विश्वविद्यालयद्वारा मुद्दा दायर
११ जेठ २०८२ ९:२०
गाजामा इजरायलको पछिल्लो बम आक्रमणमा ७६ जनाको मृत्यु
११ जेठ २०८२ ९:०३
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
११ जेठ २०८२ ९:२३
हैदराबादसँग पराजित भएपछि आरसीबीको ‘क्वालिफायर’ संभावना संकटमा
११ जेठ २०८२ ९:०८