टोपबहादुर रायमाझीको जिल्लामा कांग्रेस विजयी
अर्घाखाँची १७ असार । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको प्रमुखमा नेपाली कांग्रेसका लेखनाथ पोखरेल र उपप्रमुखमा कांग्रेसकै तुल्सादेवी श्रेष्ठ विजयी भएको छिन् । पोखरेल ६१६७ मत ल्याएर विजयी भएका हुन् ।
पोखरेलका प्रतिद्धन्द्धि एमालेका ऋषि अधिकारीले ५०६५ मत ल्याएका छन् । छत्रदेव गाउँपालिकाको वडा नम्बर १, २, ४, ५, ६ र ८ मा कांग्रेस तथा ३ र ७ मा एमालेले जित हात पारेका हुन् । अर्घाखाँची पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीको गृहजिल्ला हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
