अल्लु अर्जुन र रश्मिकाको फिल्म ‘पुष्पा २’ को प्रदर्शन मिति तय

भक्तपुर न्यूज

२५ भदौ २०८० ११:५१

अल्लु अर्जुन र रश्मिकाको फिल्म ‘पुष्पा २’ को प्रदर्शन मिति तय

काठमाडौं । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन र रश्मिका मन्दानाको अभिनय रहने फिल्म ‘पुष्पा २’ को प्रदर्शन मिति तय भएको छ। सोमबार निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति तय गरेका हुन्। यो फिल्म सन् २०२४ अगस्ट १५ अर्थात २०८१ साउन ३१ गतेदेखि प्रदर्शन हुनेछ।

निर्माण टिमले भारतको स्वतन्त्रता दिवसको अवसर पारेर फिल्म प्रदर्शन गर्न लागेका हुन्। यस फिल्मको नाम ‘पुष्पा: द रूल’ राखिएको छ। हाल फिल्मको छायांकन भइरहेको छ। सन् २०२१ मा रिलिज भएको ‘पुष्पा: द राइज’ बक्स अफिसमा सफल भएको थियो। ‘पुष्पा’ सफल भएदेखि नै यसको सिक्वेलको चर्चा भइरहेको छ।

फिल्मले विश्वभरबाट ३ सय करोड भारू कमाएको थियो। फिल्म ‘पुष्पा’ मा जुन मोडमा कहानी छोडिएको थियो, त्यसले दर्शकमाझ कौतूहलता बढाएको छ। सुकुमार निर्देशित फिल्म ‘पुष्पा २’ मा अल्लु अर्जुन, रश्मिका मन्दना र फहद फासिलको मुख्य भूमिका छ।

प्रकाशित मितिः २०८० भदौ २५ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *