एभरेष्ट क्लबको ८ औ अधिवशेन
दैलेख, १६ असार । गैरसरकारी संस्था एभरेष्ट क्लबले आफनो १९ औ साधारण सभा तथा ८ औ अधिबेशन गरेको छ । क्लवले आफुले गरेका गतिबिधिहरूको बारेमा जानकारी गराउदै जिल्लामा सस्थालाई सहयोग गरेर यहाँ सम्म ल्याईपुर्याउने सबैलाई धन्यबाद दिएको छ । सानो बर्षे मेलाबाट स्थापना भएको क्लव आज यो स्थानमा आउपुग्दा आफुलाई गर्व लागेको सस्थाका अध्यक्ष दिपक कुमार शाहीले बताए ।
सभाले नयाँ कार्यसमिति चुन्ने छ । नारायण नगरपालिकाका प्रमुख रत्न बहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राजनितिक दलका प्रतिनिधि नागरिक समाजका अगुवा पत्रकार, कार्यालयका प्रमुख एव प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरुले संस्थाका संस्थापक सदस्यहरु स्वर्गीय डेकेन्द्रराज थापा र कल्पना थापालाई नसम्झिएको गुनासो गरेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
