फोरमका अध्यक्ष तथा उपप्रधानमन्त्री गच्छदारको वडामा काँग्रेस विजयी
इटहरी, १६ असार । नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष एवं उपप्रधान तथा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री विजय गच्छदारको वडामा नेपाली कांग्रेसका उम्मेदवारले जितेका छन् । गच्छदारको घर रहेको दुहवी–२ मा नेपाली कांग्रेसका अरविन्दकुमार विश्वास २ सय ८३ मत ल्याएर विजयी भएका हुन् । यो वडामा फोरमबाट लोलितकुमार चौधरी उठेका थिए । उनले २ सय ७० मत प्राप्त गरे ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
