ताप्लेजुङमा कांग्रेस र प्रहरीबीच भनाभन हुँदा यातायात ठप्प

भक्तपुर न्यूज

२२ भदौ २०८० ९:१५

ताप्लेजुङमा कांग्रेस र प्रहरीबीच भनाभन हुँदा यातायात ठप्प

काठमाडौं । कोशी प्रदेशका सांसद खगेनसिंह हाङगामको समूह र प्रहरीबीच विवाद हुँदा ताप्लेजुङमा यातायातका साधन चल्न सकेको छैन । सांसदमाथि प्रहरीले दुर्व्यवहार गरेको भन्दै शुक्रबार बिहानदेखि कांग्रेस कार्यकर्ताले यातायात बन्द गराएका छन् ।

प्रहरी र सांसद समूहबीच बिहीबार बेलुका विवाद भएको थियो । ललितपुर घर भएका कांग्रेस कार्यकर्ता पेमा लामालाई प्रहरीले कुटपिट गरेपछि सांसद हाङगामले किन कुटपिट भयो भनेर बुझ्ने क्रममा प्रहरी र सांसद हाङगामबीच भनाभन भएको हाङगामको सचिवालय सदस्य विश्वराज नाल्वोले बताए ।

प्रहरीले भने सांसदको समूहले प्रहरीको हतियार खोस्न खोजेपछि विवाद भएको जनाएको छ । प्रहरीलाई हातपात गर्ने, लखेट्ने र हतियार खोस्नेजस्ता हर्कत गरेपछि विवाद भएको प्रहरी नायव उपरीक्षक राजन लिम्बूले बताए ।

प्रकाशित मितिः २०८० भदौ २२ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय