सामान्य अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम १ अर्ब ९ करोडमा सिमित

भक्तपुर न्यूज

१८ भदौ २०८० ९:५३

सामान्य अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम १ अर्ब ९ करोडमा सिमित

काठमाडौं । सेयर साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ७.०४ अंकले बढेर १९६७.८३ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स १.०९ अंकले बढेर ३७७.७१ विन्दुमा अडिएको छ।

२७० कम्पनीको ३४ लाख ३२ हजार २६७ कित्ता सेयर १ अर्ब ९ करोड ९१ लाख ३९ हजार ६९७.१६ रुपैयाँमा खरिदबिक्री भयो। आज ३२ हजार ५३३ पटक सेयर कारोबार भयो ।आइतबार नेप्से परिसूचक २९.८१ अंकले घटेर १९६०.७८ विन्दुमा पुगेको थियो। सो दिन २७६ कम्पनीको ४० लाख ५३ हजार ३६८ कित्ता सेयर १ अर्ब १८ करोड ६६ लाख १८ हजार ४१० रुपैयाँमा खरिदबिक्री भएको थियो।

आज तीनवटा कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। थ्री स्टार हाइड्रोपावरको १० प्रतिशतल,दोल्ती पावर कम्पनीको ९.९९ र ग्रीन भेन्चर्सको ९.९५ प्रतिशतले सेयर मूल्य बढेको हो।

कारोबार रकमका आधारमा आईएमई लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १२ को मूल्य बढ्यो भने एकको मात्रै घट्यो। फाइनान्स इन्डेक्सबाहेक अन्य उपसमूहको सूचक बढेको हो।

प्रकाशित मितिः २०८० भदौ १८ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय