आज काठमाडौंका विभिन्न सडकमा सवारी साधन सञ्चालानमा रोक

भक्तपुर न्यूज

१५ भदौ २०८० १०:३८

आज काठमाडौंका विभिन्न सडकमा सवारी साधन सञ्चालानमा रोक

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका विभिन्न क्षेत्रमा आज पनि सवारी आवगमन निषेध गरेको छ । आज गुँलागा दुतिया मनाउने भएकाले काठमाडौंका विभिन्न सडकमा सवारी साधन सञ्चालानमा रोक लगाइएको महानगरपालिकाले जनाएको छ ।

जसअन्तर्गत असन, केलटोल, ईन्द्रचोक मखन, हनुमाढोका दरबार परिसर, मरू टोल –चिकमंगल, जैशिदेवल, ज्याबहाल लगन चोक–गोफल–ब्रम्हटोल–बन्डे–ह्युमत जैशिदेवल–कोहिटि भिमसेनस्थान मरू टोल प्याफल ढोकाटोल, मुकुमबही, यट्खा, नरदेवी लगायतका भित्री सडकहरूमा सवारीसाधन निषेध गरिकएको जानकारी दिएको छ।

यस्तै, टंगाल–न्ह्यखा–बाङ्गेमुढा, न्हैकन्तला, असन, कमलाछि, भोटाहिटि हुँदै असन सडकमा पनि सवारी साधन प्रवेश निषेध गरिएको छ।

प्रकाशित मितिः २०८० भदौ १५ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय