रामेश्वर थापालाई १० हजार रुपैयाँ जरिवाना गराउने प्राधिकरणको निर्णय

भक्तपुर न्यूज

११ भदौ २०८० ११:५५

रामेश्वर थापालाई १० हजार रुपैयाँ जरिवाना गराउने प्राधिकरणको निर्णय

काठमाडौं । नेपाल वायुसेवा सञ्चालक संघका अध्यक्ष रामेश्वर थापालाई नेपाल नागरिक उड्डयन प्राधिकरणले १० हजार रुपैयाँ जरिवाना तोकेको छ । प्राधिकरणले सोधेको स्पष्टीकरणको जवाफ नदिएपछि प्राधिकरणले उनलाई जरिवाना तिराउने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

उनका अनुसार प्राधिकरणले हवाई तथा उडान सुरक्षा प्रभावित बनाउने गरी अभिव्यक्ति दिएको तथा समाचार सामग्री छपाएको भन्दै सिम्रिक एयरका समेत सञ्चालक थापालाई स्पष्टीकरण सोधेको थियो । प्राधिकरणले लिएको रात्रि बिसान, मनसुनमा उडान समत तोक्नेसहितका विषयमा अध्यक्ष थापा र प्राधिकरणबीच विवाद हुँदै आएको छ ।

प्रकाशित मितिः २०८० भदौ ११ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय