अमेरिकाको माउई जंगलमा डढेलो सल्किँदा ११५ को मृत्यु, ११ सय बेपत्ता

भक्तपुर न्यूज

६ भदौ २०८० १०:३५

अमेरिकाको माउई जंगलमा डढेलो सल्किँदा ११५ को मृत्यु, ११ सय बेपत्ता

काठमाडौं । अमेरिकाको हवाई राज्यको माउई जंगलमा लागेको डढेलो मानव बस्ती भएका स्थानमा फैलिँदा त्यसमा परेर ज्यान गुमाउनेको संख्या ११५ पुगेको छ भने ११ सय अझै बेपत्ता भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

हवाईमा ढूलो डढेलो लागेको दुई सातापछि पनि अझै ११ सय सर्वसाधारण बेपत्ता भएको अमेरिकाको संघीय जाँच ब्युरो (एफबीआई)ले जनाएको हो। एफबीआईले मृतकका अवशेष पहिचान गर्न परिवारका सदस्यलाई सघाउन आग्रह गरेको छ।

एफबीआईले सूचना तथा जानकारी संकलनका निम्ति २४ सै घन्टा सञ्चालन हुने टेलिफोन सेवा सुरु गरिएको जनाउँदै पीडित परिवार एवं अन्यलाई आफूसँग भएका विवरणबारे अवगत गराउन सूचित गरेको छ।

प्रचण्ड गर्मीमा ठूलो विपत्ति बनेर आउने वन डढेलो टापुराज्य हवाईका निम्ति अभिशाप बनेको छ। दशकौं पछि भएको प्राकृतिक विपत्तिमा सुनामीमा भन्दा धेरैले ज्यान गुमाएका छन्। सन् १९६० को सुनामीमा ६१ जनाको मृत्यु भएको थियो भने त्यसको १४ वर्षअघिको सुनामीमा भने १६० जनाको मृत्यु भएको थियो। एजेन्सी

प्रकाशित मितिः २०८० भदौ ०६ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय