मतगणनाको प्रतिक्षामा बिराटनगरबासी
बिराटनगर, १५ असार । महानगरपालिकाको मतगणनामा ढिलाइ हुँदा स्थानीयबासीहरुको जिज्ञासा बढेको छ । दोस्रो चरणको चुनाव भएको एकमात्र महानगरपालिका बिराटनगरमा अहिलेसम्म मतगणना सुरु भएको छैन ।
वडा नं ७ को आर्दश स्कुलमा मतपेटिकाहरु राखिएका छन् । मतगणना स्थलमा सुरक्षाकर्मीले सर्वसाधारणको प्रवेशमा कडाइ गरेका छन् । मतगणनास्थल बाहिर बिराटनगरबासी एवं दलका कार्यकर्ताहरुको घुइँचो लाग्न थालेको छ । मतगणना कुन वडाबाट कसरी सुरु गर्ने भन्नेबारे सर्वदलीय बैठक लम्बिएकाले मतगणनामा ढिलाइ भैरहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
