चक्रपथका तीन ठाउँमा ‘भेहिकल अन्डरपास’ बनाइने
काठमाडौं । चक्रपथको कङ्लकी–महाराजगन्ज खण्डको दोस्रो चरणअन्तर्गत विस्तार गर्न लागिएको सडकमा तीन ठाउँमा ‘भेहिकल अन्डरपास’ निर्माण गरिने भएको छ ।
उक्त अन्डरपास कङ्लकी–वसुन्धरा खण्डको गोङ्गबुस्थित नयाँ बसपार्क, बालाजुको ढुङ्गेधारा र वसुन्धरामा बनाइने छ । अन्डरपास निर्माणका लागि चीनसँग सहमति भएको सडक विभागले जनाएको छ । सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले कङ्लकी–महाराजगन्ज खण्डको तीन ठाउँमा गाडी अन्डरपास निर्माणका लागि चीनसँग सहमति भएको जानकारी दिए ।
उनले भने, भने, “यसअघि चक्रपथको सो खण्डलाई कोटेश्वर–कलङ्की जस्तै विस्तार मात्र गर्ने सहमति भए पनि बढ्दै गएको सवारी चाप तथा मानवीय आवागमनलाई ध्यानमा राख्दै अन्डरपाससमेत निर्माण गरिदिन प्रस्ताव गरिएकोमा चिनियाँ पक्षले त्यसमा सहमति जनाएको हो ।”
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२३ वैशाख २०८२ १४:१३
श्रीमतीको हत्या गरेर श्रीमानले गरे आत्महत्या
२४ वैशाख २०८२ १४:४५
भारतको दाबी : “अपरेशन सिन्दूर” नापतौलपूर्ण आक्रमण
२४ वैशाख २०८२ ११:३७