केपी सिमेन्ट गुणस्तरहीन : विभाग

भक्तपुर न्यूज

१५ असार २०७४ ३:४८

केपी सिमेन्ट गुणस्तरहीन : विभाग

काठमाडौं, १५ असार । धादिङ नौविसेमा रहेको केपीं सिमेन्ट उद्योगमा नेपाल गुणस्तर तथा नापतौल विभागले आकस्मिक छापा मार्दा गुणस्तरहीन सिमेन्ट भेटिएको छ । उच्च स्तरीय ढलानको लागि प्रयोगमा अति उपयुक्त भन्दै आक्रमक प्रचार गर्दैै बजारमा विक्रि भइरहेको उक्त सिमेन्ट गुणस्तहिन पाइएको हो ।

नौविसेबाट मुख्य उत्पादन गर्दै आइरहेको कम्पनीले बजारमा प्रयोगमा ल्याउनै नहुने निकै न्युनस्तरको सिमेन्ट विक्रि गर्दै आइरहेको नाप तौल तथा गुणस्तर विभागले जनाएको छ । गत भदौमा पनि कम गुणस्तरको उत्पादन भएको भन्दै विभागले उत्पादन तथा बिक्री वितरण बन्द गर्न निर्देशन दिएको थियो ।

नेपाल सरकारको प्रचलित नियम र कानुन अनुसार सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दा नापतौल तथा गुणस्तर विभागबाट लिनुपर्ने नेपाल गुणस्तर चिन्ह नलिई न्यून गुणस्तरको सिमेन्ट बिक्री गर्दै उपभोक्ता ठगी गर्दै आएको केपी सिमेन्टलाई गुणस्तर तथा नापतौल विभागले गत भदौ ४ गते पनि निर्देशन दिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *