टिकौली दुर्घटनामा २० जना घाइते, सातको अवस्था गम्भीर

भक्तपुर न्यूज

३१ साउन २०८० १०:०५

टिकौली दुर्घटनामा २० जना घाइते, सातको अवस्था गम्भीर

काठमाडौं । चितवनको टिकौलीमा भएको दुर्घटनामा २० जना घाइते भएका छन् । भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको ६१३१ नम्बरको कलेज बसले विपरीत दिशामा रहेको ना २ च ८४४६ नम्बरको शव बोकेको बोलेरोलाई ठक्कर दिएपछि सँगै गुडिरहेका अन्य सवारी साधन पनि दुर्घटनामा परेका थिए ।

कलेज बसले बोलेरोसँगै अरु सात वटा मोटरसाइकल तथा स्कुटरलाई समेत ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बा.प्र.०६–००१ प ९९८१, बा.प्र.०३–००५ प ९७, ,ना ६२ प ६०३२, बा.प्र. ०३–००१ प ४१४७ मोटरसाइकलहरुसँगै बा.प्र.०६–००१ प २२९४ र बा.प्र.०३–००२प ४१९८ नम्बरको स्कुटर दूर्घटनामा परेका छन् ।

घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकाहरूको भरतपुरका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मितिः २०८० साउन ३१ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *