दाङमा दश स्थानमा मत गणना हुने

भक्तपुर न्यूज

१४ असार २०७४ १५:३१

दाङमा दश स्थानमा मत गणना हुने

दाङ १४  असार । दश स्थानीय तह भएको दाङमा दश ठाउँमा मत गणना गर्ने प्रवन्ध मिलाइएको छ। जिल्ला निर्वाचन कार्यालय दाङका अधिकारी विजय कुमार कार्कीका अनुसार दुई उपमहानगपरपालिकाको सम्बन्धित उपमहानगरपालिकाहरुको सभाहलमा र लमही नगरपालिकाको नगर समितिको सभाहल रातो डाँडामा मतगणनाको प्रवन्ध गरिएको छ।

त्यसैगरी तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिकाको सभाहलमा मतगणनाको प्रवन्ध मलाइएको छ। त्यस्तैसात गाउँपालिका मध्ये तुलसीपुर पश्चिमका दंगिशरण गाउँपालिकाको ईलाका श्वास्थ्य चौकीको भवन, बवई गाउँपालिकाको जनता मावि हंसपुरमा, शान्ति नगरगाउँपालिकाको शान्ति नगर स्थित श्वास्थ्य चौकी चिराघाटमा मतगणना हुने भएको छ ।त्यसैगरी घोराहीको उत्तरमा पर्ने बंगलाचुली गाउँपालिकाको बंगालाचुली गाउँपालिकाको कार्यालय कमिरेचौरमा मतगणना हुँदैछ ।

त्यसैले गरी दाङको लमही क्षेत्रका थप दूई गाउँपालिका मध्ये गढुवा गाउँपालिकाको देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र गढुवाको भवनमा, राजपुर गाउँपालिकाको दिपज्योती प्रावि भवन राजपुरमा मतगणनाको प्रवन्ध मिलाइएको जिल्ला निर्वाचन अधिकारी विजय कुमार कार्कीले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *