७१ प्रतिशत मत खस्यो : निर्वाचन आयोग

भक्तपुर न्यूज

१४ असार २०७४ १३:०५

७१ प्रतिशत मत खस्यो :  निर्वाचन आयोग

काठमाडौं, १४ असार । आज सम्पन्न भएको दोस्रो चरणको निर्वाचनमा ७१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले ७०.५ प्रतिशत मत खसेको जनाकारी दिए । उनले यो प्रतिशत अझै बढ्ने बताए ।
३५ जिल्लाबाट प्राप्त प्रारम्भिक विवरण अनुसार ७०.५ प्रतिशत मत खसेको छ । सबैभन्दा बढी बाजुरामा ८० प्रतिशत र सबैभन्दा कम भोजपुरमा ६१ प्रतिशत मत खसेको प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय