कर्णाली र बबईमा जलसतह सतर्कता तहमाथि

भक्तपुर न्यूज

२८ साउन २०८० १०:२३

कर्णाली र बबईमा जलसतह सतर्कता तहमाथि

काठमाडौं । पाँच जिल्लामा भारी वर्षा मापन भएको छ। जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान् महाशाखाका अनुसार गत २४ घन्टामा सुर्खेत, बर्दिया, सिन्धुली, लमजुङ, मकवानपुरमा भारी वर्षा मापन भएको हो।

गत चौबिस घन्टामा सुर्खेतमा १४३ मिलिमिटर, बर्दियाको १५१ मिलिमिटर र बर्दियाकै रम्भापुरमा २०६ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै सिन्धुली १६१ मिलिमिटर, लमजुङमा १४७ मिलिमिटर, मकवानपुरको हेटौंडामा १६८ मिलिमिटर, मकवानपुरगढीमा १६० मिलिमिटर वर्षा मापन भएको छ।

मनसुनको न्यूनचापीय रेखा नेपाल नजिक रहेको र न्यूनचापीय प्रणालीको प्रभावका कारण देशभर हल्का र मध्यमदेखि भारी वर्षा भइरहेको छ। वर्षाका कारण बबई नदीले चेपाङ भाडा पुलमा सतर्कता तह पार गरेको छ। महाशाखाका अनुसार चेपाङमा बबई नदीको जलसतह ५.६१ मिटर पुगेको भने भाडामा ७.२२ मिटर पुगेको छ।

त्यस्तै कर्णाली नदी बाँकेको मनखोलामा सतर्कता तह पार गरेको छ। त्यहाँ कर्णालीको जलसतह ५.५ मिटर पुगेको छ।

प्रकाशित मितिः २०८० साउन २८ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *