पत्रकार महासंघ भक्तपुरका सहसचिव ढकाललाई पितृशोक
भक्तपुर । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका सहसचिव एवं प्रेस चौतारी नेपाल भक्तपुरका अध्यक्ष हेमराज ढकाललाई पितृशोक परेको छ ।
उनका पिता भीष्मप्रसाद ढकालको ५९ वर्षको उमेरमा शनिबार अपरान्ह भक्तपुर अस्पतालमा निधन भएको हो ।
लामो समयदेखि मुटु र फोक्सोको समस्याले ग्रसित भीष्म प्रसाद पछिल्लो २ सातादेखि भक्तपुर अस्पतालमा उपचाररत रहेका थिए । उनको उपचारकै क्रममा निधन भएको हो ।
उनको शनिबार नै पशुपति स्थित आर्यघाटमा अन्येष्टि गरिएको छ । स्व. ढकालका श्रीमती, १ छोरी र २ छोरा छन् । पत्रकार ढकाल उनका जेठा छोरा हुन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२३ वैशाख २०८२ ११:४२
कीर्तिपुर क्रिकेट मैदानमलाई लिएर प्रधानमन्त्री चिन्तित
२३ वैशाख २०८२ १४:१३
श्रीमतीको हत्या गरेर श्रीमानले गरे आत्महत्या
२३ वैशाख २०८२ ११:५६