रियल मड्रिडका गोलकिपर थिबाउट कोर्टोइसलाई गम्भिर चोट

भक्तपुर न्यूज

२६ साउन २०८० ८:४८

रियल मड्रिडका गोलकिपर थिबाउट कोर्टोइसलाई गम्भिर चोट

काठमाडौं । रियल मड्रिडका गोलकिपर थिबाउट कोर्टोइसले गम्भिर चोट बोेकेका छन् । उनको बायाँ घुडाँको क्रुसियट लिगामेन्ट टुटेको छ । जसका कारण उनले सिजनको अधिकांश समय गुमाउने सम्भावना छ ।

केही समयपछि उनको शल्यक्रिया गरिने बताईएको छ । कोर्टोइस विश्व फुटबलको प्रतिष्ठित अवार्ड बालोन डी ओरको उत्कृष्ट गोलकिपर विधाको मनोनयनमा छन् । सन् २०१८ मा रियल मड्रिडमा आबद्ध भएपछि उनले दुई पटक स्पेनिस लिग जितेका छन् ।

कोर्टोइसको चोटले सिजन सुरु हुनुअघिनै रियल मड्रिडलाई गम्भिर झट्का लागेको छ । उनले रियलका लागि २ सय ३० खेलमा प्रतिनिधित्व गरेका छन् । उनले आगामी शनिबार एट्लेटिको बिल्बाओसँग खेल्दै लिगको सुरुवात गर्ने तालिका रहेको थियो ।

उनी सन् २०१८ मा रियल आउनुअघि चेल्सीबाट दुई प्रिमियर लिग जितेका थिए । उनले सन् २०२२ मा च्याम्पियन्स लिगको उपाधि समेत हात पारे । एजेन्सी

प्रकाशित मितिः २०८० साउन २६ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय