सुनचाँदीको मूल्य बढ्यो

भक्तपुर न्यूज

१४ असार २०७४ ७:५०

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं, १४ असार । सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ५४ हजार १ सय रुपैयाँ रहेको सुन आज ३ सय रुपैयाँले बढेर ५४ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, महासंघका अनुसार चाँदीको मूल्यमा पनि १० रुपैयाँले बढेको छ । अघिल्लो दिन ७ सय ४० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर ७ सय ५० मा कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *