आज बेलुकादेखि अनलाइनमार्फत श्रम स्वीकृतिको आवेदन दिने नमिल्ने

भक्तपुर न्यूज

२३ साउन २०८० १०:३६

आज बेलुकादेखि अनलाइनमार्फत श्रम स्वीकृतिको आवेदन दिने नमिल्ने

काठमाडौं । आज मङ्गलवार बेलुकादेखि अनलाइनमार्फत श्रम स्वीकृतिको आवेदन दिने प्रक्रिया अवरुद्ध हुने भएको छ । वैदेशिक रोजगार विभागले सिस्टमको फाइल सर्भर सार्नका लागि फेमिस सिस्टममा नयाँ फाइल अपलोड गर्न नमिल्ने भएको भन्दै श्रम स्वीकृतिको आवेदन पनि पेस गर्न नमिल्ने जनाएको छ ।

तर यसअघि श्रम स्वीकृतिको आवेदन दिइसकेकाहरूले भने सबै कागजात र प्रक्रिया मिलेको भएमा श्रम स्वीकृति प्राप्त गर्ने छन् । तर कुनै कारणले श्रम स्वीकृतिको आवेदन अस्वीकृति भएमा पुनः मागेका कागजात राखेर आवेदन सबमिट गर्न भने मिल्ने छैन । त्यसका लागि सिस्टम पुनः सञ्चालनमा नआउन्जेल गर्न पर्ने भएको छ ।

मङ्गलवार साँझ पाँच बजेदेखि अर्को सूचना जारी नहुँदासम्म सिस्टम अवरुद्ध हुने छ । अहिले पनि विभागको सिस्टम स्लो चलिएको छ ।

प्रकाशित मितिः २०८० साउन २३ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *