रोल्पामा बस दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

भक्तपुर न्यूज

२३ साउन २०८० ९:०७

रोल्पामा बस दुर्घटना हुँदा दुई जनाकाे मृत्यु

रोल्पा । शहीदमार्ग सडकअन्तर्गत रोल्पाको त्रिवेणी गाउँपालिका–७ तिला बजार नजिकै बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । आज मङ्गलवार रोल्पाको बागमारादेखि दाङको घोराहीका लागि छुटेको ना ५ ख २६१२ नम्बरको बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा सात जना गम्भीर घाइते भएका र उनीहरूको उद्धार भइरहेको रोल्पा प्रहरीले जनाएको छ । केही यात्रु बसले च्यापिएको हुँदा ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने बताइएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मितिः २०८० साउन २३ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *