आफ्नै आमाको हत्या गरेको आरोपमा २३ वर्षीय भण्डारी पक्राउ
दाङ । सल्यानमा एक युवकले आफ्नै आमाको हत्या गरेका छन् । शारदा नगरपालिका १३ माथिल्लो सल्यान चौरका २३ वर्षीय नवीन भण्डारीले ४८ वर्षकी आमा शारदा भण्डारीको आज हत्या गरेको सल्यान प्रहरीले जनाएको छ ।
सल्यान प्रहरी प्रमुख डिएसपी दामोदर केसीका अनुसार नवीन आफूलाई देउता चढेको भन्दै बिहान ४ बजे बुवाआमा सुतेको कोठामा काँप्दै प्रवेश गरेका थिए । विभिन्न धार्मिक तन्त्रमन्त्र जप्दै नवीनले कोठामै रहेको पैयाँको लठ्ठीले आमाको टाउको अन्धाधुन्ध प्रहार गर्दा मृत्यु भएको हो ।
नवीनले २ दिन अघिदेखि नै आफूलाई देवता चढेको भन्दै आएको उनका बाबुलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । आमाको हत्या गरेका नवीनलाई बिहान ६ बजे प्रहरीले पक्राउ गरिसकेको छ ।
प्रकाशित मितिः २०८० साउन २३ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२२ वैशाख २०८२ १५:३३
स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन : मन्त्री पौडेल
२२ वैशाख २०८२ १५:३०
प्रिशा शाह मृत्यु प्रकरण : छानबिन गर्न सभामुखको निर्देशन
२१ वैशाख २०८२ ९:५२