बाढी–पहिरोका कारण देशैभरका दर्जनौं मुख्य राजमार्ग प्रभावित

भक्तपुर न्यूज

२३ साउन २०८० ८:१२

बाढी–पहिरोका कारण देशैभरका दर्जनौं मुख्य राजमार्ग प्रभावित

काठमाडौं । अविरल वर्षा र त्यसपछि आएको बाढी–पहिरोका कारण देशैभरका दर्जनौं मुख्य राजमार्ग प्रभावित बनेका छन् ।

नेपाल प्रहरीले गरेको पछिल्लो अपडेट अनुसार देशका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण विभिन्न १२ राजमार्ग र सडक अवरुद्ध भएको छ । बाढी पहरोका कारण मंगलबार बिहान ११ बजेसम्म विभिन्न १२ राजमार्ग तथा सडक अवरुद्ध भएको हो।

काठमाडौँको लाइफलाइन मानिने नारायणगढ–मुग्लिन सडक खण्डको इच्छामनकामना गापा ६ कालिखोला गएको पहिरोका कारण यो सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ । यो सडक खण्ड आज बिहानैबाट बन्द भएको थियो ।

त्यस्तै बागलुङ नगपा १० गलुवास्थित कालिगण्डकी करिडोर अवरुद्ध भएको छ । यस करिडोरको बागलुङ नगरपालिका १० गलुवामा पहिरोले सडक अवरुद्ध बनाएको छ । सिद्धार्थ राजमार्ग समेत अहिले एकतर्फी मात्र सञ्चालनमा छ । तिनहुँ गाँउपालिका पाल्पाको ड्याम साइडमा गएको पहिरोले यो सडक खण्ड प्रभावित बनेको हो ।

प्यूठानको माण्डबि गा.पा १ गर्जेनीस्थित भालुवाङ सडकखण्ड अवरुद्ध भएको छ भने म्याग्दीको रघुगंगा ३ बैसरीस्थित बेनी जोमसोम सडकखण्ड अवरुद्ध भएको छ ।

अविरलको वर्षापछिको बाढी पहिरोका कारण नुवाकोटको ककनी ४ निगालेमा पहिरो जाँदा पासाङ ल्हामु राजमार्ग, बकैया ११ लामराङस्थित कान्ति लोकपथ, सिन्धुली गापा २ कमेरेफाट स्थित बिपी राजमार्ग, त्यस्तै सोही राजमार्गको रोशी गापा ११ कालढुंगामा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

त्यसै गरि पाँचथरको फिदिम नपा ४ स्थित तमोर करीडोर पनि अवरुद्ध भएको छ । बाढी र पहिरोले कैलालीको गोदावरी ४ बुढीतोला र चुरे ५ गोपालेमा पहिरो जाँदा भीमदत्त राजमार्ग अवरुद्ध भएको छ ।त्यस्तै डडेल्धुराको आलिताल ८ सुनखोलास्थित बतुडर जोगबुढा भित्री सडकखण्ड अवरुद्ध भएको छ ।

प्रकाशित मितिः २०८० साउन २३ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *