कैलालीमा अविरल वर्षासँगै आएको बाढीले करिब ५ सय घर डुबानमा

भक्तपुर न्यूज

२३ साउन २०८० ७:४८

कैलालीमा अविरल वर्षासँगै आएको बाढीले करिब ५ सय घर डुबानमा

काठमाडौं । अविरल वर्षासँगै कैलालीका नदीनालामा आएको बाढीले करिब ५ सय घर डुबानमा परेका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, भजनी नगरपालिका, जोशीपुर गाउँपालिका र कैलारी गाउँपालिकाका ५ सय घर डुबानमा परेका हुन् ।

प्रशासनको पछिल्लो तथ्यांकअनुसार कैलारी गाउँपालिका–७ बसन्ता, भइयाफाँटा क्षेत्रका १५० घरधुरी डुबानले प्रभावित भएका छन् । त्यस्तै, जोशीपुर गाउँपालिका–३ का ५६ घर, भजनी नगरपालिका–२ का १५, वडा नं. ३ का ५, वडा नं. ८ को १, वडा नं. ५ को ६५ र वडा न. ७ को १५० घरधुरी बाढीले प्रभावित भएका छन् ।

प्रभावितको उद्धारसँगै सुरक्षित स्थानमा सार्ने काम स्थानीय, प्रहरीबाट भइरहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

प्रकाशित मितिः २०८० साउन २३ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *