मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा

भक्तपुर न्यूज

२३ साउन २०८० ६:५७

मुग्लिन–नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालनमा

काठमाडौं । अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा एकतर्फी सवारीसाधन सञ्चालन गराइएको छ । आज बिहानैदेखि पहिरोका कारण सडक अवरुद्ध भएको थियो ।

चितवनको इच्छाकामना गाउँपालिका–६,कालीखोला आसपासका स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । सवारीसाधनको अत्यधिक चापका कारण बिहान करिब पौने १० बजेदेखि केही समय पहिरो पन्छाउन रोकेर अवरुद्ध सडक एकतर्फी खुलाइएको सो कार्यालयले जानकारी दिएको छ ।

कार्यालयका अनुसार केही समयपछि पुनः बाँकी पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइनेछ ।

प्रकाशित मितिः २०८० साउन २३ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *