संसद् नचलेकोमा रवि लामिछानेको आक्रोश :’संसद चल्दैन,बार्गेनिङ चल्छ,मात्र बार्गेनिङ’

भक्तपुर न्यूज

२२ साउन २०८० १२:३७

संसद् नचलेकोमा रवि लामिछानेको आक्रोश :’संसद चल्दैन,बार्गेनिङ चल्छ,मात्र बार्गेनिङ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा प्रतिनिधिसभा सदस्य रवि लामिछानेले संसद रोकेर बार्गेनिङ भइरहेको आरोप लगाएका छन्। सामाजिक सञ्जाल फेसबुकमा सोमबार लेख्दै सभापति लामिछानेले सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन बन्द गरेर बार्गेनिङ गरिरहेको आरोप लगाएका हुन्।

‘वर्षौदेखि देशलाई कसरी प्यारालाइज्ड गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौँ। कयौँ कानुन बनाउनु पर्ने छ,कयौँ संशोधन छन्। जनसरोकारका कयौँ मुद्दामा छलफल र निर्णय गर्नु छ। तर, संसद चल्दैन,बार्गेनिङ चल्छ,मात्र बार्गेनिङ । दुःखद्’,उनले लेखेका छन्।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसद तोशिमा कार्कीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन अवरुद्ध पारेको भन्दै आक्रोश पोखेकी छन्। सोमबार १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक एमालेको अडानको कारण बस्न नसकेपछि सांसद तोशिमाले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेकी हुन्।

उनले लेखेकी छन्, ‘सदन चल्छ भनेर बोलाउने अनि फेरि बन्द गर्ने, एक दिन होइन, दुई दिन होइन, पटकपटक यस्तै, सदन कसको हो ? जनताको होइन ? कसका लागि हो ? जनताका लागि होइन ? हामी प्रतिपक्षले सरकारलाई प्रश्न सोध्ने हो, अरे बाबा, प्रश्न सोध्नलाई सदन त चल्न दिनुपर्‍यो नि !, सदन बन्द गर्नु भनेको झन् सरकारलाई जे गर्दैछस् सब ठीक छ, भन्नु बराबर रहेको उनको भनाइ छ। उनले एमालेलाई काण्डै–काण्ड छन्, तैँ चुप मै चुप गरौँ भने जस्तै गरेको आरोप लगाएकी छन्। प्रमुख प्रतिपक्षले जति सक्दो चाँडो सदन चलाउनुपर्ने, बहस गर्नुपर्ने र सरकारलाई बिजनेस दिनुपर्ने उनको भनाइ छ। ‘जनताका मुद्दा उठाउने ठाउँ चल्नै नदिने? अनि मुद्दा काहाँ उठाउने ? छलफल कहाँ गर्ने ?’,उनले लेखेको छन्।

प्रकाशित मितिः २०८० साउन २२ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय