केदारनाथ दर्शनमा गएका १९ जना नेपाली पहिरोमा परी बेपत्ता
काठमाडौं । भारतको केदारनाथ दर्शनमा गएका कम्तीमा १९ जना नेपाली पहिरोमा परी बेपत्ता भएका छन्। गौरीकुण्डबाट केदारनाथ जाने बाटोमा पर्ने नेपालीहरु बसेको होटल नै पहिरोमा पर्दा कम्तीमा १९ जना नेपाली बेपत्ता भएको प्रहरीलाई उद्धत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
बेपत्ता हुनेमा धेरैजसो जुम्लाको पातरासी गाउँपालिकाका रहेको बुझिएको छ। बिहीबार राति गएको पहिरोमा परेका तीन जनाको शव भेटिएको र कम्तीमा १२ बेपत्ता भएको इन्डियन एक्सप्रेसले लेखेको छ। भारी बर्षाका कारण मध्यरातमा पहिरो गएको इन्डियन एक्सप्रेसले लेखेको छ।
प्रकाशित मितिः २०८० साउन १९ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२२ वैशाख २०८२ १५:३३
स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन : मन्त्री पौडेल
२२ वैशाख २०८२ १५:३०
प्रिशा शाह मृत्यु प्रकरण : छानबिन गर्न सभामुखको निर्देशन
२१ वैशाख २०८२ ९:५२