गणतन्त्र संस्थागत गरौं : सभामुख घर्ती
रोल्पा, १४ असार । सभामुख ओनसरी घर्तीले संविधानको समयवद्ध कार्यान्वयनका लागि सबै तह र तप्कालाई आ(आफ्नो ठाउँबाट भूमिका खेल्न आग्रह गरेकी छन् ।
स्थानीय तह चुनावमा सहभागी हुन गृहजिल्ला रोल्पा आएकी उनले बालउदय मावि केन्द्रबाट मतदान गरेपछि स्थानीय सन्चारकर्मीसँग कुरा गर्दै सो आग्रह गरेकी हुन् ।
संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै देशलाई विकासको मार्गमा डोर्याउन आफूले स्थानीय तहको निर्वाचनमा मतदान गरेको उनले बताइन् । सभामुख घर्तीले आम नागरिकलाई पनि निर्वाचनमा सहभागी हुन आग्रह गरेको प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिए ।
सभामुख घर्तीले रोल्पा नगरपालिका ७ स्थित बालउदय मावि केन्द्रबाट मतदान गरेकी छन् । सोही केन्द्रबाट सभामुख घर्तीका श्रीमान् एवम् माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले पनि मतदान गरेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२२ वैशाख २०८२ १५:३०