सप्तरीमा करेन्ट लागेर एक महिलाको मृत्यु

भक्तपुर न्यूज

१९ साउन २०८० १०:३१

सप्तरीमा करेन्ट लागेर एक महिलाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरबाट खेतमा पानी हालिरहेका एक किसानको करेन्ट लागेर मृत्यु भएको छ । जिल्लाको राजगढ गाउँपालिका वडा नम्बर ६ फकिरा बस्ने चुनि साह तेलीको ५८ बर्षीय श्रीमति दुर्गी देवी साहको बिहीबार करेन्ट लागेर मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

मोटरबाट खेतमा पानी हाल्ने क्रममा करेन्ट लागेका उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी नरेश कुमार सिंहले जानकारी दिए ।

प्रकाशित मितिः २०८० साउन १९ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *