प्रहरी चारित्रिक प्रमाणपत्र आइतबारदेखि अनलाइनबाटै प्रमाणीकरण गरिने

भक्तपुर न्यूज

१९ साउन २०८० १०:२२

प्रहरी चारित्रिक प्रमाणपत्र आइतबारदेखि अनलाइनबाटै प्रमाणीकरण गरिने

काठमाडौं । सरकारले प्रहरी चारित्रिक प्रमाणपत्र पूर्ण रूपमा अनलाइनबाटै प्रमाणीकरण गर्ने भएको छ। साउन २१ गतेदेखि उक्त सेवा सुरू हुन लागेको हो । परराष्ट्रमन्त्रीको सचिवालयका अनुसार मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागले आइतबारदेखि अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण सुरू गर्नेछ ।

परराष्ट्रमन्त्री एनपी साउदले साउन ८ मा कन्सुलर विभागका महानिर्देशक प्रकाशमणि पौडेललाई १० दिन भित्रै प्रहरी चारित्रिक प्रमाणपत्रका सम्पूर्ण कामहरु अनलाइनमार्फत गरिने व्यवस्था मिलाउन निर्देशन दिएका थिए।

अहिले प्रहरी चारित्रिक प्रमाणपत्रका अन्य कामहरु अनलाइनमार्फत हुने भए पनि कन्सुलर विभागको छाप र प्रमाणीकरण गर्ने अधिकारीको हस्ताक्षरसहितको पत्र बुझ्न सेवाग्राही स्वयं अथवा इच्छ्याएको व्यक्ति उपस्थित हुनैपर्ने बाध्यता छ।

प्रहरी चारित्रिक प्रमाणपत्रको प्रमाणीकरण अनलाइन हुने भएपछि राहदानी विभागमा सेवाग्राहीको भीड कम हुनेछ । मन्त्री साउदले नै आइतबार कन्सुलर सेवा विभाग त्रिपुरेश्वर पुगेर यो सेवाको शुभारम्भ गर्ने उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मितिः २०८० साउन १९ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *