सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

भक्तपुर न्यूज

१९ साउन २०८० १०:१३

सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङ, सुन्दरहरैचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

ढकालले वडा कार्यालयहरुमा भएको मर्मत सम्भार कार्यको भुक्तानी प्रयोजनका लागि २ लाख रुपैँया घुस लिएका थिए । इटहरीस्थित आयोगको कार्यालयबाट खटिएको टोलीले ढकाललाई गत असार २२ गते घुस लिएको रकमसहित नियन्त्रणमा लिएको थियो । आयोग अनुसन्धानबाट ढकालले घुस लिएको पुष्टी भएको भन्दै उनीविरुद्ध विशेषमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अनुसन्धानको सिलसिलामा उनले सुन्दरहरैंचा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मोरङ र वडा कार्यालयहरुमा विद्युतीय उपकरण एवं सोलारको जडान तथा मर्मत कार्यको भुक्तानी प्रयोजनको लागि घुस लिएको खुलको छ ।

ढकालविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिमको कसुर अनुसार बिगो बमोजिमको जरिवाना र कैद सजायको माग दावी लिईएको जानकारी आयोगका प्रवक्ता भोला दाहालले दिए ।

प्रकाशित मितिः २०८० साउन १९ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *