आँखा पाक्ने रोग फैलिन थालेपछि जनकपुरका शैक्षिक संस्थाहरू एक साताको लागि बन्द

भक्तपुर न्यूज

१९ साउन २०८० ९:४१

आँखा पाक्ने रोग फैलिन थालेपछि जनकपुरका शैक्षिक संस्थाहरू एक साताको लागि बन्द

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाभित्रको शैक्षिक संस्था एक साताको लागि बन्द भएको छ । आइतबारदेखि यही साउन २६ गतेसम्म उपमहानगरभित्रका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो ।

आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि जनकपुरधामको विद्यालयहरु एक साताको लागि बन्द गरिएको हो । आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि सम्भावित जोखिम न्यूनीकरण गर्नका लागि आँखा अस्पतालबाट अनुरोध आएपछि साउन २१ गतेदेखि २६ गतेसम्म विद्यालय बन्द रहने जनाइएको छ ।

एक साताका लागि जनकपुरधाम उपमहानगरमा पर्ने सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु, शिक्षण संस्थाहरु बन्द गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मिहिलाल यादवद्वारा जारी गरिएको सूचनामा उल्लेख छ ।

प्रकाशित मितिः २०८० साउन १९ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *