तीन देश घुमेर स्वदेश फर्किए माधव नेपाल

भक्तपुर न्यूज

१३ साउन २०८० १२:४९

तीन देश घुमेर स्वदेश फर्किए माधव नेपाल

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल तीन देशको भ्रमणपछि स्वदेश फिर्ता भएका छन्।

आइतबार इन्डोनेसिया प्रस्थान गरेका उनी त्यहाँ अन्तर्राष्ट्रिय कम्युनिस्ट पार्टीको बैठकमा सहभागी भए। त्यहाँ उनले विश्व परिवेशमा कम्युनिस्ट सिद्धान्तको अवस्था, देश विकासमा त्यसको प्रभाव र योगदानबारे आफ्ना विचार अभिव्यक्त गरेका थिए।

त्यसपछि अध्यक्ष नेपालले मलेसिया र सिङ्गापुरको भ्रमण पनि गरे। करिब एक साताको भ्रमणमा उनले तीनवटै मुलुकका शीर्ष नेतासँग शिष्टाचार भेट तथा दुई देशीय हितका बारेमा छलफल गरेका थिए। पार्टीका नेता तथा कार्यकर्ताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष नेपाललाई स्वागत गरे।

प्रकाशित मितिः २०८० साउन १३ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय