सुन प्रकरणमा भरिया समाउने र मालिक उम्काउने खेल हुनसक्छ : रवि लामिछाने

भक्तपुर न्यूज

१३ साउन २०८० १२:१५

सुन प्रकरणमा भरिया समाउने र मालिक उम्काउने खेल हुनसक्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले क्विन्टल सुन प्रकरणमा भरिया समाउने र मालिक उम्काउने खेल हुनसक्ने बताएका छन्।

चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सुनकाण्डमा सरकारले चित्तबुझ्दो काम गर्न नसकेको उल्लेख गरे।

‘भरिया समाउने र मालिक उम्काउने खेल हुनसक्छ। सबैजना सचेत रहनु होला,’ लामिछानेले भने, ‘भ्रष्टाचारका मामलामा सरकारले केही गर्न खोजेको हो कि जस्तो देखिएको छ। केही राम्रा सङ्केत पनि देखिएका छन्। तर ती पर्याप्त छैनन्।’

साथै उनले हाल सरकारले संसद्लाई पर्याप्त ‘बिजनेस’ दिन नसकेको पनि बताएका छन्। उनले सरकारको मूल्याङ्कन गर्ने धेरै आधार हुने उल्लेख गर्दै सुशासनका लागि चाल्न खोजेका कदम सकारात्मक भएको बताए।

प्रकाशित मितिः २०८० साउन १३ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय