पहिरोले बेनी जोमसोम सडकखण्ड अवरुद्ध
काठमाडौं । शुक्रबारदेखिको वर्षाले पहिरो जाँदा बेनी जोमसोम सडकखण्डको बैसरीमा सडक अवरुद्ध भएको छ। रघुगंगा गाउँपालिका–३ बैसरीमा पहिरोले गर्दा सडक अवरुद्ध भएको हो। रातिदेखि नै पहिरो झरेपछि मुस्ताङ जाने पर्यटक अलपत्र परेका छन्।
लगातार पहिरो गएकाले सडक खुलाउन नसकिएको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए । पहिरोले रघुगंगा –३ बैशरीमा सडक अवरुद्ध भएको अध्यक्ष भण्डारीले बताएका छन् ।
सडक खुलाउनका लागि प्रहरी तथा बेनी-जोमसोम-कोरला सडक आयोजनाको टोली खटेको भए पनि पहिरो झर्नेक्रम नरोकिएपछि जोखिम भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी किरण लामाले जानकारी दिएका छन्।
प्रकाशित मितिः २०८० साउन १३ शनिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२२ वैशाख २०८२ १५:३३
स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन : मन्त्री पौडेल
२२ वैशाख २०८२ १५:३०
प्रिशा शाह मृत्यु प्रकरण : छानबिन गर्न सभामुखको निर्देशन
२१ वैशाख २०८२ ९:५२