अब स्मार्ट कार्ड देशभर

भक्तपुर न्यूज

१३ असार २०७४ १२:०२

अब स्मार्ट कार्ड देशभर

काठमाडौं, १३ असार । यातायात व्यवस्था विभागले उपत्यका बाहिरका कार्यालयहरुबाट वितरण गर्दै आएको कागजी सवारी चालक अनुमति पत्रको नविकरण बन्द गरेको छ । अबदेखि कुनै पनि कार्यालयबाट कागजी अनुमति पत्र वितरण, नविकरण बन्द गरिएको विभागले जानकारी दिएको छ ।
सबैतिर स्मार्ट कार्ड वितरण गर्ने लक्ष्य अनुरुप अहिले देशभरका कार्यालयहरुबाट नयाँको लागि लिखित परीक्षा, प्रयोगात्मक परीक्षा तथा नविकरणको कार्य बन्द गरिएको विभागका प्रवक्ता टोकराज पाण्डेले जानकारी दिए ।
आजदेखि पोखरा र बाग्लुङबाट स्मार्ट कार्ड वितरण सुरु गरेको विभागले असारभित्र अन्य सबै स्थानबाट वितरण गर्ने र त्यसपछि सबैतिर स्मार्ट कार्डमात्र वितरण गरिने जानकारी दिएको छ ।
अनुमतिपत्रमा एकरुपता ल्याउन, चोरी तथा नक्कली पत्रलाई निरुत्साहित गर्न सहयोग पुग्ने भएकोले विभागले अवदेखि कागजी पत्र कसैैलाई पनि वितरण नगर्ने जानकारी दिएको छ ।
अब विभागबाट वितरण तथा नविकरण हुने सबै कार्डमात्र हुने विभागले प्रष्ट पारेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *