जानकी मन्दिरमा अश्लिल टिकटक भिडियो बनाउने युवक पक्राउ

भक्तपुर न्यूज

१२ साउन २०८० १२:३८

जानकी मन्दिरमा अश्लिल टिकटक भिडियो बनाउने युवक पक्राउ

काठमाडौं । जानकी मन्दिरको विवाह मण्डपमा अश्लिल टिकटक भिडियो बनाउने युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको औरही गाउँपालिका–६ पोखरभिण्डा बस्ने १८ वर्षीय अनिरूद्र यादव रहेका छन् ।

केही दिनअघि जानकी मन्दिरको छेउमा रहेको विवाह मण्डप (मडवा) मा एक जोडि युवक र युवतीले अश्लिल ढंगले भिडियो बनाई टिकटकमा अपलोड गरेपछि सामाजिक सञ्जालमा व्यापक विरोध भएको थियो ।

धार्मिक स्थलमा अश्लिल भिडियो बनाएकोमा व्यापक आलोचना भएपछि जनकपुरधामका जनप्रतिनिधि तथा सामाजिक अभियन्ताहरुको दवाव पश्चात धनुषा प्रहरीले ती युवकलाई पक्राउ गरेका हो ।

उक्त भिडियोमा रहेकी युवती र भिडियो खिच्ने क्यामेराम्यानको समेत खोजी भईरहेको धनुषा प्रहरीले जनाएको छ । अन्य दुवै जना पक्राउ परेपछि कानुन बमोजिम र समाजलाई सचेत गराउने हिसाबले तीनै जनालाई दण्ड–सजाय गर्ने धनुषा प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मितिः २०८० साउन १२ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *