चन्द्रगिरिमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–४ हिमचुलीमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । आज बिहान बा १० च ३५४६ नम्बरको जीप सडकबाट खसेर दुर्घटना भएको हो । दुर्घटनामा सिन्धुलीका २० वर्षीय जीप चालक नवराज थोकर र काभ्रेका ४५ वर्षीय अनिल तामाङको ज्यान गएको प्रहरी नायब उपरीक्षक नारायण अधिकारीले जानकारी दिए ।
काठमाडौंबाट चित्लाङ जाने क्रममा हिलोमा फसेको भ्यानलाई धकेल्दा ‘ओभर स्पीड’ भइ सडकबाट खसेको थानकोट प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गाडी धकेल्नका लागि तीन जना गाडीबाट ओर्लिएका थिए।
प्रकाशित मितिः २०८० साउन १२ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
