कोशीको मुख्यमन्त्रीका लागि मंगलबारसम्म दाबी पेश गर्न आह्वान

भक्तपुर न्यूज

१२ साउन २०८० १२:०६

कोशीको मुख्यमन्त्रीका लागि मंगलबारसम्म दाबी पेश गर्न आह्वान

काठमाडौं । कोशी प्रदेशमा मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान गरिएको छ । प्रदेश प्रमुख परशुराम खापुङ्गले चार दिनाको समय सीमा दिएर आज (शुक्रबार) मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख खापुङ्गले आगामी साउन १६ गते बेलुकी पाँच बजेसम्मको समय सीमा दिँदै नेपालको संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान गरेका छन् ।

कोशीमा यसअघि उद्धव थापाको नेतृत्वमा सरकार गठन भएको थियो । गत असार १५ गते भएको उद्धव थापाको नियुक्ति असंवैधानिक भन्दै हिजो (बिहीबार) सर्वोच्च अदालतले बदर गरिदिएपछि प्रदेश प्रमुखले पुनः नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।

कोशी प्रदेश सरकार गठनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निर्णायक रहेको छ । राप्रपाले साथ नदिएसम्म सत्ता गठबन्धन दलले सरकार बनाउन सक्ने अवस्था नै छैन ।

प्रकाशित मितिः २०८० साउन १२ शुक्रबार

 

 

 

 

 

 

 

 

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय