सुन गाल्ने ठूलो मेशिन राखेर बसेका यी चिनियाँ तस्कर
काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिक जिक्वाङ लिनको काठमाडौंको बालुवाटारस्थित गोदाममा राजश्वका अधिकारीहरूले छापा मार्दा ठूलो परिमाणमा सुन गाल्ने मेशिन फेला परेको छ । राजश्व अधिकारीहरूका अनुसार उक्त मेशिन नेपाल राष्ट्रबैक टक्सार महाशाखामा रहेको भन्दा डब्बल ठूलो खालको छ । र, यो मेशिनको कार्य क्षमता टक्सारकोभन्दा छिटो हुने रैछ ।
लिन एक वर्षदेखि नेपालमा ल्यान्ड एण्ड ओसियन इन्टरनेशनल लजिस्टिक प्राइभेट लिमिटेड नामक व्यापारिक फर्म खोलेर बसेका थिए । राजश्व अनुसन्धान विभागको टोलीले साउन १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर ट्याक्सीमा बाहिर लैजाँदै गरेको अवस्थामा ब्रेक शुभित्र लुकाइएको करिब सय किलो सुन बरामद गरेको थियो। सुन प्रकरणमा प्रहरीले पक्राउ गर्न थालेपछि चिनियाँ लिन भने स्वदेश फर्किने तयारीमा विमानस्थलबाटै पक्राउ गरेको थियो।
प्रकाशित मितिः २०८० साउन १२ शुक्रबार