धनगढीमा अनुमति बिना क्लिनिक र फार्मेसी सञ्चालन गर्ने चार जना पक्राउ

भक्तपुर न्यूज

१२ साउन २०८० १०:००

धनगढीमा अनुमति बिना क्लिनिक र फार्मेसी सञ्चालन गर्ने चार जना पक्राउ

काठमाडौं । धनगढीमा अनुमति बिना क्लिनिक र फार्मेसी सञ्चालन गर्ने चार जना पक्राउ परेका छन्। बिहीबार धनगढीको वडा नम्बर २ र ३ मा सञ्चालन भएका मेडिकलबाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

पक्राउ पर्नेमा धनगढी–३ बस्ने एभरेष्ट मेडिकलका सञ्चालक ३० वर्षीय अमर चौधरी, मानवी हाम्रो मेडिकल फार्मेसीका सञ्चालक २५ वर्षीय नवीन धामी, फारवेष्ट प्याथोलिजीका सञ्चालक ३३ वर्षीय दिपक महरा र धनगढी–२ बस्ने रेस्मी क्लिनिक फार्मेसीका सञ्चालक ७३ वर्षीय गोरख बहादुर श्रेष्ठ रहेका छन्।

प्रकाशित मितिः २०८० साउन १२ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *