फिल्म ‘कार्साङ’ मार्फत नेपाली फिल्ममा डेब्यु गर्दे छिरिङ

भक्तपुर न्यूज

७ साउन २०८० १२:००

फिल्म ‘कार्साङ’ मार्फत नेपाली फिल्ममा डेब्यु गर्दे छिरिङ

काठमाडौं । यम शेर्पाको निर्देशनमा बन्ने फिल्म ‘कार्साङ’मा नवनायिकाका रूपमा छिरिङ शेर्पा अनुबन्धित भएकी छन् । उनले यही चलचित्रमार्फत फिल्ममा डेब्यू गर्न लागेकी हुन् ।

छिरिङले यसअघि शेर्पा समुदायमा बनाइएका केही फिल्म र थुप्रै म्युजिक भिडियोमा भने अभिनय गरिसकेकी छन् । उनी टेलिभिजन रियालिटी शो ‘डान्सिङ स्टार नेपाल सिजन–२’को विजेतासमेत हुन् ।

छिरिङले विश्वकै सर्वाधिक उचाईमा कोरियोग्राफी तथा नृत्य गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नामसमेत राखेकी छन् । उनले ५६ सय मिटरको उचाइमा अवस्थित कालापत्थरमा कोरियोग्राफी र नृत्य गरेकी छन् ।

यो फिल्म यार्सा फिल्मसको ब्यानरमा निर्माण हुन लागेको हो । यसअघि यो फिल्ममा मुख्य अभिनेताका रूपमा दयाहाङ राई र बुद्धि तामाङ फाइनल भइसकेका छन् ।

पुरुषोत्तम प्रधानको छायांकन रहने फिल्ममा उनी निर्माताका रुपमा पनि जोडिएका छन् । फिल्मको छायांकन बाह्रबिसे नगरपालिका र बाँकी भोटेकोसी गाउँपालिकामा हुने निर्माण पक्षले जनाएको छ ।

प्रकाशित मितिः २०८० साउन ०७ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *